सुनसरी घटनाका सन्दर्भमा प्रधानमन्त्रीले यथेष्ट पहल गर्नुभएको छ : अर्थमन्त्री
ratopati.com · Wed Jul 29 09:04:43 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर भइरहेका झडप आदिको नियन्त्रण गरी थप हिंसा भड्किन नदिन प्रधानमन्त्री वालेन्द्र शाहले यथेष्ट मात्रामा पहल गर्नुभएको बताएका छन्।
सुनसरीमा केही दिनयतादेखि विभिन्न समूहमा झडपहरू जारी रहेका बेला उक्त घटनाका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट धारणा राख्दै मन्त्री वाग्लेले सो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)