साम्य कप्तानगञ्ज बन्दै [फोटो फिचर]
nepalnews.com · Wed Jul 29 08:35:23 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु बुधबार पनि जारी रहे पनि क्षेत्रमा कुनै अप्रिय घटना भएको छैन।
कप्तानगञ्ज क्षेत्रमा सडकमा सीमित रूपमा स्थानीयको आवतजावत देखिए पनि सुरक्षा व्यवस्था भने कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शान्ति–सुरक्षा कायम राख्न प्रभावित क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)