चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
swasthyakhabar.com · Wed Jul 29 09:18:14 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति 'शून्य सहनशीलता'को नीति दोहोर्याउँदै सुरक्षित,व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।
नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिने उद्देश्यले आवश्यक नीतिगत,कानुनी तथा संस्थागत सुधारका विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)