अमेरिकासँग तत्काल वार्ता नगर्ने इरानको अडान, ट्रम्पको दाबी अस्वीकार
aarthiknews.com

काठमाडौं। इरानले अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताको प्रस्ताव गरेको दाबी गरेपछि तेहरानले त्यसलाई अस्वीकार गर्दै आफ्नो सर्तमा मात्रै कूटनीतिक प्रक्रिया अघि बढ्ने जनाएको हो।
इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकाले आफ्नो अनुकूलताअनुसार युद्ध र वार्ताको समय निर्धारण गर्न नसक्ने बताएका छन्। उनले इरानले आफ्नो राष्ट्रिय हित र आवश्यकताअनुसार मात्रै कूटनीतिक कदम चाल्ने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)