रक्तदान अभियानबाट ८ हजार ६ सय ९४ पिन्ट रगत संकलन
swasthyakhabar.com · Sun Aug 30 12:21:29 GMT 2026

काठमाडौं- ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले आयोजना गरेको देशव्यापी बृहत् रक्तदान अभियानबाट ८ हजार ६ सय ९४ पिन्ट रगत संकलन भएको छ। संकलित रगत नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न ब्लड बैंकलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई उपचाररत घाइते तथा अन्य बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन अभियान सञ्चालन गरिएको सेवा केन्द्रले जनाएको छ। संकलित रगत विशेषगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बिरामीको जीवनरक्षाका लागि प्रयोग गरिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)