ममदानीमाथि नेतान्याहुले लगाए ‘घृणा फैलाएको’ आरोप
ratopati.com · Wed Jul 29 09:44:26 GMT 2026

काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आफूलाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क आए पक्राउ गर्न सकिने सङ्केत दिएको विषयलाई अस्वीकार गर्दै उनीमाथि यहुदी समुदायविरुद्ध घृणा फैलाएको आरोप लगाएका छन् ।
उनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन आफू न्युयोर्क जाने निर्णय यथावत् रहेको पनि स्पष्ट पारेका छन् । फक्स न्युजका प्रस्तोता सीन ह्यानिटीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहुले आफू संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा भाग लिन न्युयोर्क जाने बताउँदै सत्य प्रस्तुत गर्न पछि नहट्ने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)