कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ्गमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा उपलब्ध
corporatenepal.com · Wed Jul 29 10:11:14 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि (निम्बज) बीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौतासम्पन्न भएको छ । उक्त सहकार्यसँगै निम्बुजका अन्तर्राष्ट्रिय डेटा (ईसीम)तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ्ग एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा ईसीम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् । विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्र्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)