बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग
ratopati.com · Wed Jul 29 10:24:48 GMT 2026

काठमाडौं । विशेष अदालतले बीमा कम्पनीका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।
बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार रिमालले अदालतले मागेको २५ लाख धरौटी बुझाएर तारेख लिएर गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)