कप्तानगञ्ज घटना : कोशी प्रदेश सरकारले मृतक परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार राहत दिने
annapurnapost.com · Wed Jul 29 10:19:00 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटना सम्बन्धमा कोशी प्रदेश सरकारले सर्वदलीय तथा सर्वपक्षीय बैठक गरी राहतसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बिराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई २ लाख राहत उपलब्ध गराउने तथा घाइते र क्षति व्यहोरेका परिवारलाई जनही ५० हजार राहत दिने निर्णय गरेको छ ।
बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै प्रभावित क्षेत्रमा शान्ति, सद्भाव र साम्प्रदायिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)