उपराष्ट्रपतिद्वारा सद्भाव कायम गर्न अपिल
barnanmedia.com · Wed Jul 29 10:27:33 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गर्नुभएको छ । उहाँले आज एक सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचार प्रभावकारी रूपमा होस् भन्ने अपेक्षा गर्नुभएको छ । “नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो”, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)