आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीबिच अनौपचारिक छलफल सुरु
ratopati.com · Wed Jul 29 10:43:28 GMT 2026

काठमाडौँ । आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारीहरूबिच अनौपचारिक छलफल सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा चिकित्सक सङ्घका मागका विषयमा अनौपचारिक कुराकानी भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्घका मागहरूमा टेकेर अनौपचारिक छलफल भएको बताए । उनले यसपछि औपचारिक तवरबाट छलफल हुने बताए । चिकित्सकहरूको सुरक्षाको भरपर्दो ग्यारेन्टी हुनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने मागसहित दुई पक्षबिच मन्त्रालयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)