नारायणी अस्पताल प्रकरण : पर्साका एसपी पाठकको सरुवा
annapurnapost.com · Wed Jul 29 10:41:59 GMT 2026

वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा भएको छ । वीरगन्जको नारायणी अस्पताल प्रकरणमा विवादमा परेका एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा सरुवा गरेको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले हाल काठमाडौँ प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी सम्हालेका एसपी पवन भट्टराईलाई सरुवा गरेर पर्सामा पठाएको छ ।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि निर्घात कुटपिट भएको थियो । त्यसको विरोधमा वीरगन्जका सबै अस्पतालका चिकित्सकहरु गत आइतबारदेखि उपचार सेवा ठप्प पार्दै हड्तालमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)