...जब लम्कीचुहाकी मेयर सुशीलाको निर्देशनमा नगर प्रहरीले अस्पतालका फर्निचर उठायो
shilapatra.com · Wed Jul 29 10:49:01 GMT 2026

कैलालीको लम्कीचुहा अस्पतालले ९ साउनमा मात्रै अस्पतालमा रहेका सम्पूर्ण जिन्सी सामान तथा उपकरणहरू लम्कीचुहा प्रादेशिक अस्पताललाई बुझाएको थियो । तर, त्यसको भोलिपल्ट राति लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको निर्देशनमा नगरप्रहरीले ती जिन्सी सामान उठाएको आरोप लागेको छ ।
अस्पताल व्यवस्थापनका अनुसार लम्कीचुहाका नगरप्रहरी सबै कर्मचारी घर फर्किसकेपछि राति अस्पतालमा आएर टेबल, कुर्सी, सोफा, दराजलगायतका सामान लगेका थिए । लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर विष्टका अनुसार नगरप्रहरीले बन्द भइसकेका प्रशासन र जिन्सी शाखामा रहेका सबै फर्निचर लगेपछि ती शाखा खाली भएका छन् । उनले नगरप्रहरीले ती सामान कहाँ लग्यो भन्नेबारे पनि कसैलाई जानकारी नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)