पर्सा प्रहरी प्रमुख एसपी पाठक तानिए, भट्टराई पठाइए
baahrakhari.com · Wed Jul 29 10:56:22 GMT 2026

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी प्रहरी प्रधान कार्यालय तानिएका छन् । पर्सा प्रहरी प्रमुख सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका हुन् ।
उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई खटाइएको छ । बुधबार भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)