चिकित्सक सडकमा, आकस्मिक कक्षमा बिरामी खचाखच
baahrakhari.com · Wed Jul 29 11:10:02 GMT 2026

काठमाडौं । देशभरका सरकारी अस्पतालहरूमा मंगलबारदेखि ओपीडी सेवा बन्द हुँदा आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ । नारायणी अस्पतालका चिकित्सिकमाथि आक्रमण भएपछि चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।
यतिखेर उपचारका लागि अस्पताल पुगेका बिरामी मारमा परेका हुन् । सामान्य अवस्थामा बहिरङ्ग (ओपीडी) सेवाबाट उपचार पाउने धेरै बिरामी पनि ओपीडी बन्द भएपछि आकस्मिक कक्षमै पुग्न बाध्य छन् । आकस्मिक कक्ष क्षमताभन्दा निकै बढी बिरामीको भार बोकिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)