पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट एलपी ग्यास आपूर्ती गरिने
annapurnapost.com · Sun Aug 30 12:33:34 GMT 2026

काठमाडौं : कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको व्यवस्था गरिएको जानकारी दिएको छ।
काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका लागि उद्योगहरुलाई बारा, पर्सा, चितवन, मकवनापुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरु तथा आफूलाई पायक पर्ने अन्य जिल्लाका ग्यास उद्योगहरुसंग समन्वय गरी आफ्ना बुलेट खाली गराएर सिलिण्डर रिफिल गर्ने र ट्रकहरुमार्फत वैकल्पिक बाटोबाट आपूर्ती गर्ने व्यवस्था मिलाईएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)