सडक डिभिजन भक्तपुरका इन्जिनियर चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
nagariknews.nagariknetwork.com · Wed Jul 29 11:13:19 GMT 2026

सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध स्रोत नखुलेको सम्पत्तिको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार चौधरीले आफ्नो वैधानिक आम्दानीभन्दा दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको निष्कर्षसहित बुधबार आरोपपत्र दर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)