सार्कलाई पुनः सक्रिय बनाउन माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा मध्यस्थताको प्रस्ताव
baahrakhari.com · Wed Jul 29 11:21:21 GMT 2026

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई पुनः सक्रिय बनाउन अपिल गरेका छन् । उनले सदस्य राष्ट्रहरूबीच संवादको वातावरण निर्माण गरी सार्कलाई पुनः गतिशील बनाउन माल्दिभ्सले सम्भव भएसम्म सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।
माल्दिभ्सको ६१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सार्कलाई दक्षिण एसियाको महत्त्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा वर्णन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)