इन्फिनिक्सका स्मार्टफोन अब ०% ईएमआईमा, १२ महिनासम्म किस्ताबन्दी सुविधा
aarthiknews.com

काठमाडौं । इन्फिनिक्स नेपालले ‘बिग फोन्स, स्मल पेमेन्ट्स’ अभियान सार्वजनिक गर्दै आफ्ना स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधासहित उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार ग्राहकले छनोट गरेका इन्फिनिक्स स्मार्टफोन खरिद गर्दा ४० प्रतिशत अग्रिम भुक्तानी गरेपछि बाँकी रकम १२ महिनासम्म बिना ब्याज मासिक किस्तामा तिर्न सक्नेछन् । यो सुविधा गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा उपलब्ध हुनेछ।
यस योजनामार्फत ग्राहकहरूले एकैपटक ठूलो रकम खर्च नगरी मासिक किस्तामा इन्फिनिक्सका स्मार्टफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले ग्राहकलाई आफ्नो बजेटअनुसार नयाँ स्मार्टफोनमा स्तरोन्नति गर्न सहज बनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)