कुमारी बैंक एपबाटै अब अन्तर्राष्ट्रिय डेटा र ड्राइभिङ परमिट सेवा
arthasansar.com

कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ। उक्त सहकार्यसँगै कुराकानी अनलाइनका अन्तर्राष्ट्रिय डेटा तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्।। विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्र्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ। आजको डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्रा गर्दा भरपर्दाे इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातहरूको व्यवस्था अत्यन्त महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय डेटा सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ । त्यसैगरी, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)