वनकर्मीमाथिको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा ज्ञापनपत्र
ajakoartha.com · Wed Jul 29 11:27:00 GMT 2026

काठमाडौं– महोत्तरीमा वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै चुरे तथा वन्यजन्तु संरक्षण अभियानले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा (ललितपुर) मा ज्ञापनपत्र बुझाएको छ।
अभियानका केन्द्रीय अध्यक्ष सुनील यादवको नेतृत्वमा पुगेको टोलीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण दुलाललाई ज्ञापनपत्र बुझाउँदै वनकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा वनकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)