अमेरिका र साउदीको संयुक्त आक्रमणले इराकमा २० जनाकाे मृत्यु
annapurnapost.com · Wed Jul 29 11:38:47 GMT 2026

काठमाडौं : इरानसँग सम्बन्धित हतियार तथा बन्दोबस्तीका (रसद) सामग्री राखिएका स्थलहरूमा अमेरिकी र साउदी अरेबियाली सेनाले संयुक्त आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आफ्नो टेलिग्राम च्यानलमा वक्तव्य जारी गर्दै यसको पुष्टि गरेको हो।
उक्त आक्रमणले बगदाद, वासित, निनेवेह, बसरा, किरकुक, कर्बला र दियाला प्रान्तहरूमा रहेका पीएमएफका संरचनाहरूलाई निशाना बनाएको बताइएको छ। जसका कारण कयौँ सैन्य मुख्यालय, सवारी साधन र सैन्य उपकरणहरूमा व्यापक क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)