बाढीले सेनाको ब्यारेकमा क्षति
nepalnews.com · Wed Jul 29 11:40:40 GMT 2026

गण्डकी। सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ।
केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो। प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)