स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा सरे
swasthyakhabar.com · Wed Jul 29 11:46:24 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना निकायहरूलाई एउटै छानामुनि केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ।
गत भदौ २३ र २४ गते भएको 'जेन जी' आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा दिँदै आएको थियो। घटनालगत्तै सिंहदरबारभित्र नेपाली सेनाको खाली जग्गामा प्रिफ्याब क्याबिनहरू निर्माण गरी सचिवसहित विभिन्न महाशाखाहरू सञ्चालनमा ल्याइएका थिए। यद्यपि, मन्त्रीको कार्यकक्ष भने भूमि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो। मन्त्री र कर्मचारी फरक-फरक स्थानमा रहँदा कार्यसम्पादन र समन्वयमा कठिनाइ हुँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)