विभिन्न नौं विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषदको निर्णय
annapurnapost.com · Wed Jul 29 11:45:36 GMT 2026

काठमाडौं : सरकारले बिभिन्न ९ वटा विधेयकहरु संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक र बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक संसदमा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)