खैरो हिरोइनसहित एक जना भारतीय पक्राउ
nepalnews.com · Wed Jul 29 12:01:44 GMT 2026

भद्रपुर। झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन्। गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३७ एबी ५८५९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त खैरो हिरोइन बरामद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)