संघीय संसदमा पेश गर्न ९ विधेयक स्वीकृत
rajdhanidaily.com · Wed Jul 29 12:00:28 GMT 2026

काठमाडौं । सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसदमा दर्ता गरी अगाडि बढाउन स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
उनकाअनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)