टिचिङमा आस लिएर भौतारिरहेका आफन्त
ratopati.com · Sun Aug 30 12:39:13 GMT 2026

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) परिसरको एउटा कुना पीडा, छटपटी र स्तब्धताको केन्द्र देखिन्छ । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण आफ्ना प्रियजन गुमाएका र बेपत्ता भएका परिवारका लागि यो अस्पताल अहिले यस्तै चौतारी बनेको छ । जहाँ आशा र निराशाका अत्यन्तै कहालीलाग्दो दृश्य देखिन्छन् ।
बाढी गएको पाँच दिन बितिसक्दा पनि आफ्ना प्रियजनको न जीवित रूप (सास) भेटिएको छ, न त मृत शरीर (लास) नै । यही दोसाँधमा उभिएका आफन्तहरूको आँसुले टिचिङ अस्पतालको पोस्टमार्टम ब्लक निथ्रुक्क भिजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)