विदेशी विनिमयसम्बन्धी कसुरमा सरकारले तोक्यो अनुसन्धान अधिकारी
baahrakhari.com · Wed Jul 29 12:05:38 GMT 2026

काठमाडौं । सरकारले विदेशी विनिमयसम्बन्धी कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई अनुसन्धान अधिकारी तोकेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयले महानिर्देशक वा उनले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने छुट दिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)