नौ विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले गर्यो स्वीकृति [भिडियो]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले विभिन्न नौ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)