नेपालसँगको खेलमा नरेदरल्यान्ड्सका ब्याटरले दौडेरै लिए ४ रन
ratopati.com · Wed Jul 29 12:16:47 GMT 2026
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेलिरहेको छ। नेदरल्यान्ड्स भइरहेको खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरिरहेको छ । नरेदरल्यान्डस्ले आफ्ना सुरुवाती चार विकेट गुमाइसकेको छ । उसले मध्यम प्रदर्शन गरिरहेको छ ।
नेपालसँगको खेलमा नरेदरल्यान्डका ब्याटर स्कट नोआ क्रोस र कप्तान एडवड्र्सले दौडेरै चार लिएका छन् । यसलाई क्रिकेटको नियममा ‘अल फोर रन’ भनिन्छ । २३ ओभर ५ बलमा नेपालका गुलशन झाको बलिङमा दुवै ब्याटरले चार रन लिएका हुन् । यसरी दौडेर चार लिने घटना कमै मात्रा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)