स्वास्थ्य सेवामा हडतालले छटपटाएका नागरिक
nepalnews.com · Wed Jul 29 12:20:34 GMT 2026

बुधबार बिहान १० बजे प्लास्टर लागेको दायाँ हात झुन्ड्याउँदै आश्मा राई (२६) ललितपुर सानेपास्थित मेगा अस्पताल पुगिन्। केही दिनअघि उपचारका लागि जाँदा अस्पतालका चिकित्सकले प्लास्टर खोलेर एक्स-रे गर्न बुधबारकै समय दिएका थिए। स्कुटी दुर्घटनामा कुहिनोको लिगामेन्ट च्यातिएर उपचार गराइरहेकी उनी एक्स-रेपछि प्लास्टर खुल्ला र १८ साउनदेखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षामा सहभागी हुन पाइएला भन्ने हतारोमा छिन्। तर, चिकित्सकहरूको हडतालका कारण उपचार नपाएपछि निराश छिन्।
“परीक्षा अगावै हातको प्लास्टर खोलिने अवस्था भए मलाई सहज हुन्थ्यो,” उनी भन्छिन्, “कलेज प्रशासनले परीक्षामा लेख्न आफूभन्दा जुनियर लिएर आउन भनेको छ। काठमाडौँमा एक्लै बस्छु, सहयोगी खोज्न कता जानु?”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)