सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवान मृत फेला
rajdhanidaily.com · Wed Jul 29 12:28:20 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित खोल्सामा रहेको जामुनको रुखमा झुन्डिएको अवस्थामा ३१ वर्षीय प्रहरी जवान राजेन्द्र सामन्त बुधबार बिहान करिब साढे ११ बजे फेला परेका हुन् ।
महाकाली नगरपालिका–९, दार्चुलाका स्थायी बासिन्दा सामन्तको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)