विश्वविद्यालयको समकक्षता सेवाबारे विद्यार्थी अन्योलमा
kendrabindu.com · Wed Jul 29 11:45:10 GMT 2026

काठमाडौं । उच्च शिक्षाको शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने जिम्मेवारी त्रिभुवन विश्वविद्यालयबाट विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मा औपचारिकरूपमा सरेसँगै सेवा सञ्चालनको प्रक्रिया पनि आयोगमार्फत सुरु भएको छ।
कानुनी व्यवस्था संशोधनपछि विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई हस्तान्तरण गरिएको हो। यससँगै त्रिभुवन विश्वविद्यालयले नयाँ समकक्षता आवेदन लिन बन्द गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)