लुम्बिनी प्रदेशमा मन्त्रालय पुनर्संरचना, अब ८ मन्त्रालय कायम
annapurnapost.com · Wed Jul 29 12:47:21 GMT 2026

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो।
यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम हुनेगरी प्रदेश सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)