बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग
ratopati.com · Sun Aug 30 12:40:41 GMT 2026

काठमाडौँ । रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबाट उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
रुङ्गटा ग्रुपका अनुसार ओसीबी फुड्स एण्ड फिड्स प्रालिले ७५ लाख, ओम चाउचाउ बिरो फिड इन्ड प्रालिले ५० लाख, ओम चाउचाउ बिरो पेलेट फिड इन्ड. प्रालिले २५ लाख, ओम एग्रो प्रोडक्ट्स प्रालिले २५ लाख र पोषक ब्रीडर फार्म प्रालिले २६ लाख रुपैयाँ सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)