धनगढीमा प्रहरी जवान मृत फेला
baahrakhari.com · Wed Jul 29 13:02:43 GMT 2026

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित आफ्नै कोठामा एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृतक दार्चुलाको महाकाली नगरपालिका–१ स्थायी घर भई हाल धनगढी–२ मा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेका छन् । उनी प्रहरी चौकी सुलेखान, बैतडी दरबन्दी भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)