क्रोस र एड्वार्डको शतकीय साझेदारीमा नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य
annapurnapost.com · Wed Jul 29 12:59:15 GMT 2026
काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको हो।
नेदरल्यान्ड्सको लागि नोआ क्रोसले सर्वाधिक ७० रन बनाए। उनले ९३ बलमा ३ चौका प्रहार गर्दै कुशल भुर्तेलको हतबाट रनआउट भए। उनले पाँचौं विकेटको लागि कप्तान स्कट एड्वार्डसँग ११५ रनको शतकीय साझेदारी बनाएका थिए। ओपनर सेड्रिक डी लाङ्गे डक आउट भए। म्यास ओडोउडले १२ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)