यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
arthadabali.com · Wed Jul 29 13:15:00 GMT 2026

काठमाडौँ / सरकारले ९ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयकलगायत ९ वटा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संवैधानिक निकायसम्बन्धी विधेयकसहित विभिन्न कानुन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)