चितवन राइनोजको हेडकोचमा सोहेल तनभिर नियुक्त
kendrabindu.com · Wed Jul 29 13:13:25 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर सोहेल तनभिरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
यसअघि एनपिएलका पहिलो दुई संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा मैदान उत्रिएका उनी अब प्रशिक्षकको नयाँ भूमिकामा देखिने भएका हुन्। टोलीले सोहलको अनुभव र नेतृत्व क्षमताले आगामी सिजनमा चितवनलाई थप प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)