बाढीको पाँचौँ दिन : जलविद्युत् आयोजनाको सुरुङभित्रै छन् फसेका ६ सय
ratopati.com · Sun Aug 30 12:48:52 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठुलो मानवीय र भौतिक क्षति पुर्याएको पाँच दिन बितिसकेको छ । तर, अझै पनि विभिन्न आयोजनाका सुरुङभित्र फसेका सयौँ श्रमिक तथा प्राविधिकहरूको उद्धार हुन सकेको छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार ११ वटा जलविद्युत् आयोजनाका कुल ८९८ जना कर्मचारी र श्रमिकहरू अझै पनि सम्पर्कविहीन छन्, जसमध्ये ठुलो संख्या सुरुङ र पावरहाउसभित्रै फसेको अनुमान गरिएको छ । बाढी आएको पाँच दिन बितिसक्दा पनि आवश्यक जनशक्ति, आधुनिक उपकरण र सरकारी तत्परताको अभावमा सुरुङभित्र फसेकाहरूको अवस्था अज्ञात छ । बाढी आएको क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरू क्षेतिग्रस्त बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)