राहदानी विभागको उत्पादन क्षमता विस्तार, दैनिक १,५०० राहदानी वितरण
lokaantar.com

राहदानी विभागले विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन तथा छपाइ क्षमता विस्तार गर्दै दैनिक करिब १,५०० वटा राहदानी उत्पादन र वितरण गरिरहेको जनाएको छ।
बुधबार जारी विज्ञप्तिअनुसार २०७८ मंसिर १ गतेदेखि विद्युतीय राहदानी वितरण सुरु गर्दा दैनिक १०० वटा मात्र राहदानी जारी हुने गरेकोमा हाल सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत उपलब्ध भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)