कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग ठप्प, यी हुन् दुई वैकल्पिक रूट
onlinekhabar.com · Sun Aug 30 12:49:53 GMT 2026

१४ भदौ, गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरोले सडक नै बगाएपछि यातायात आउजाउ ठप्प छ ।
उक्त खण्डमा गाडी सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए । ‘म आफैं बिहान त्यहाँको स्थलगत निरीक्षणमा गएका थिए,’ उनले भने, ‘पहिरो हेर्दा सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)