कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब अभियान जारी, राष्ट्रिय भेला २७ साउनमा
shilapatra.com · Wed Jul 29 14:42:35 GMT 2026

नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूले पार्टीभित्रको एकतालाई आजको प्रमुख आवश्यकता भन्दै शीर्ष नेतृत्वलाई एकताका लागि दबाब दिने अभियानलाई निरन्तरता दिने घोषणा गरेका छन् । ‘नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूको पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीभित्र देखिएको अन्तर्विरोधले नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता तथा लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउन सक्ने भन्दै तत्काल बृहत्तर एकता आवश्यक रहेको उल्लेख गरेको छ ।
कांग्रेस स्थापनाकालदेखि नै नागरिक अधिकार, स्वतन्त्रता र लोकतन्त्रको पक्षमा संघर्षरत रहेकाले वर्तमान परिस्थितिमा पार्टीभित्रको विभाजन अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता झन् बढेको अभियानमा आबद्ध जनप्रतिनिधिले बताएका छन् । देशभरका कांग्रेस समर्थक मात्र होइन, शुभेच्छुकहरूले समेत पार्टीभित्रको एकतालाई अपरिहार्य ठानेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)