फिफाले आफ्नो विवादास्पद योजनालाई समर्थन गरे सदस्य राष्ट्रलाई ४ करोड डलर दिने
nepalviews.com · Wed Jul 29 14:48:50 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना २११ सदस्य राष्ट्रलाई विवादास्पद व्यावसायिक पुनर्संरचना योजनाको समर्थन गरे ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका छन् । यससँगै विश्व फुटबलमा सुरु भएको विवाद झन् तीव्र बनेको छ ।
बीबीसीले प्राप्त गरेको पाँच पृष्ठ लामो पत्रअनुसार इन्फान्टिनोले सदस्य राष्ट्रलाई सेप्टेम्बर १९ भित्र प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन् । समयसीमाभित्र समर्थन जनाउने सदस्य राष्ट्रले सन् २०२७ जनवरी १ देखि तत्कालै २ करोड अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी रकम पनि पछि उपलब्ध गराइने फिफाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)