सिद्धलेक गाउँपालिका अध्यक्षलाई कुटपिट गरी फरार रहेका व्यक्ति पक्राउ, सात दिनको म्याद थप
lokaantar.com

धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले सिद्धलेक गाउँपालिका वडा नं. ७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्र बहादुर गिरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत असार ३२ गते सिद्धलेक गाउँपालिका वडा नं. ५ स्थित बुङचुकमा गिट्टी र बालुवा धुने 'वासिङ मेसिन' को विषयलाई लिएर विवाद भएको थियो । सोही विवादका क्रममा गिरीले ४९ वर्षीय गाउँपालिका अध्यक्ष खतिवडालाई गाला र टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)