उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन, कार्यालय धाउनुपर्ने बाध्यता हट्यो
canadanepal.com · Wed Jul 29 14:55:17 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन सुरु गरेको छ। उद्योग प्रशासनलाई डिजिटल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ विभागले नयाँ व्यवस्था लागू गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा उत्पादन क्षमता वृद्धि, उद्योगको नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण पेसलगायत अधिकांश सेवा अब विद्युतीय प्रणालीबाटै सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)