रसुवागढी सीमा क्षेत्र आसपास दुई भूकम्प, चिनियाँ क्षेत्रको हिमपहिरोपछि अध्ययन सुरु
ratopati.com · Thu Aug 27 06:08:30 GMT 2026

काठमाडौँ । रसुवाको रसुवागढी सीमा क्षेत्र आसपास बुर्धबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो गएर भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिमा भू–उपग्रहका तस्बिर तथा विभिन्न तथ्यांकको प्रारम्भिक विश्लेषणबाट सीमा क्षेत्रनजिक हिमपहिरो गएपछि अति उच्च आकस्मिक बहाव आएको देखिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)