रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनोनीत
annapurnapost.com · Wed Jul 29 14:52:25 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्। बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो।
महामन्त्री विपिन कुमार आचार्यका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)