सुनसरीमा तनाव मत्थर, सीमामा कडा निगरानी
saralpatrika.com · Wed Jul 29 15:06:49 GMT 2026
विराटनगर । सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव बुधबार उल्लेख्य रूपमा शान्त बनेको छ। मंगलबारसम्म हिंसात्मक बनेको स्थितिमा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएपछि अवस्था नियन्त्रणमा आएको प्रशासनले जनाएको छ। यद्यपि, कर्फ्यु आदेश भने यथावत् राखिएको छ।
गृह मन्त्रालयद्वारा गठित सहसचिव भूपेन्द्र थापा नेतृत्वको छानबिन समितिले बुधबार पहिलो पटक घटनास्थल पुगेर स्थलगत अध्ययन तथा प्रमाण संकलन गरेको छ। समितिले स्थानीय बासिन्दा र अस्पतालमा उपचाररत घाइतेहरूसँग बयानसमेत लिएको छ। स्थानीयले समितिलाई निष्पक्ष अनुसन्धानको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)